NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप २३ जनामा कोरोना पुष्टि, ११० सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २७ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा १८ र एन्टीजेन विधिमा ५ जना गरी थप २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

गत २४ घण्टामा १२ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ३०० पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

त्यस्तै आइतबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११० जना सक्रिय संक्रमित छन् भने खोप लगाउनेको संख्या ५२ हजार ३०९ रहेको छ ।

No photo description available.