काठमाडौं महानगरले महानगरबासीका स्वास्थ्य बीमाका लागि ५० प्रतिशत अनुदान दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य नीति अन्तर्गत नगरबासीको स्वास्थ्य बीमाका लागि चाहिने बढीमा ५० प्रतिशत शुल्क अनुदान दिने भएको छ ।
महानगरका मेयर बालेन शाहले आज महानगरको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै, महानगर बासीलाई अहार विहार, योग, ध्यान, प्रणायमलगायतका जनचेतना कार्यक्रम फैलाएर निरोगी बन्न प्रेरित गरिने उनले बताए । क्यालोरीमा आधारित उपभोग प्रणाली लागू गर्न अग्रणी सेवा प्रदायक संस्थाहरु होटल, रेष्टुरेन्ट ता चमेना गृहलाई प्राविधिक सहयोग महानगरले गर्ने भएको छ ।
काठमाडौं उपत्यकाभित्रका सरकारी तथा नीजि अस्पतालहरुसँग् सहकार्य गरी विशेषज्ञ चिकित्सा सेवामा सर्वसाधरणको पहुँच वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइने मेयर शाहले बताएका छन् ।
महानगरभित्र स्थायी बसोबास गर्ने विपन्न नागरिकहरुका लागिअस्पतालमा निशुल्क बेडको प्रबन्ध मिलाइने र महानगरभित्र एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको व्यवस्था मिलाइने उनले बताए ।
काठमाडौं महानगरभित्र रहेका सबै स्वास्थ्य सेवाहरूको अभिलेख व्यवस्थापन गरिने उनले घोषणामार्फत बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया