आसाममा बाढी–पहिरो, ६२ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या अझ बढ्ने आशङ्का गरिएको छ । बाढीमा परी आठ जना हराइरहेका छन् ।
बाढीबाट राज्यका बजाली, बक्सा, बारपेटा, विश्वनाथ, बोङगाईगाउँ, कछार, दराङ, धेमाजी, धुब्री, डिब्रुवढ, गोलपारा, कार्बीआङलोङ, सोनितपुर, नलवारी, करीमगञ्ज, दक्षिण सालमारा, तामुलपुर, तीनसुकियालगायत ३२ जिल्लाका ३१ ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।
पीडितहरूको उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले पाँचसय १४ राहत शिविर एवम् तीनसय दुई राहत सामग्री वितरण केन्द्र स्थापना गरेको छ ।
हाल एक लाख ५६ हजार तीनसय ६५ जनालाई राहत शिविरमा आश्रय दिइएको छ । राज्यका चार हजार दुईसय ९१ गाउँ बाढीको चपेटामा परेको छ भने ६६ हजार खेतीयोग्य जमिन जलमग्न भएको छ । बाढीबाट २५ लाखभन्दा बढी चौपाया पनि प्रभावित भएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया