थप २८ जनामा कोरोना पुष्टि, १० संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१४ जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिमा २० र एन्टीजेन विधिमा ८ जना गरी थप २८ जनामाल कारोना पुष्टि भएको हो ।
गत २४ घण्टामा १२० जना सक्रिय संक्रमित रहेका छन् भने १० जना कोरोनामुक्त भई घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार ३१० जना पुगेका छन् ।
मन्त्रालयका अनुसार आइतबार कसैको पनि मृत्यु भएको छैन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया