थप २८ जनामा कोरोना पुष्टि, १० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१४ जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिमा २० र एन्टीजेन विधिमा ८ जना गरी थप २८ जनामाल कारोना पुष्टि भएको हो ।
गत २४ घण्टामा १२० जना सक्रिय संक्रमित रहेका छन् भने १० जना कोरोनामुक्त भई घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६७ हजार ३१० जना पुगेका छन् ।
मन्त्रालयका अनुसार आइतबार कसैको पनि मृत्यु भएको छैन् । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
प्रतिक्रिया