NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

मेयर बालेनले सार्वजनिक गरे चुनावी खर्च, यस्तो छ विवरण

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् स्थानीय निर्वाचनमा विभिन्न शीर्षकमा खर्च भएको रकम सार्वजनिक गरेका हुन् ।

स्थानीय चुनावमा झन्डै चार लाख रूपैयाँ खर्च भएको बालेनको भनाइ छ ।

‘खर्चको विवरण केही समयअगाडि नै सार्वजनिक भइसक्नुपर्ने थियो । तर विभिन्न कारणले ढिलो भएकामा माफी चाहन्छौं । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनानब्बे रूपैयाँ (३,९४,४८९) भएको छ,’ खर्च सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन् ।

हेरौं खर्च विवरण :

No photo description available.