NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

चीनतर्फ ह्वात्तै बढ्यो रुसी तेलको निर्यात

काठमाडौं (एजेन्सी) । चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा वृद्धि गरेको छ । यूक्रेनको आक्रमणमा रुसी ऊर्जा खरिदमा पछाडि पर्ने पश्चिमी राष्ट्रहरुको नोक्सानीलाई कम गर्न सहयोग गरेको चिनियाँ भन्सार कार्यालयबाट प्राप्त तथ्याङ्कले सोमबार देखाएको छ ।

पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । उसको यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गर्ने नीति रहेको छ ।

चीनको तेल आयातको यो वृद्धिलाई हेर्दा अहिले रूसले साउदी अरबलाई चीनको प्रमुख तेल प्रदायक बन्नबाट उछिनेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४.४२ मिलियन टन तेल आयात गरेको थियो । यो गत बर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो ।

चीनले मे महिनामा साउदी अरेबियाबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो ।

ब्लूमबर्ग न्युजले बताएअनुसार चीनले गत महिना ७।४७ अर्ब अमेरिकी डलर मूल्यको रूसी ऊर्जा उत्पादनहरू किनेको थियो र यो अप्रिलको तुलनामा झन्डै १ अर्ब अमेरिकी डलर बढी थियो ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको विश्वव्यापी तेल कारोबारबारे पछिल्लो प्रतिवेदनअनुसार गत दुई महिनामा भारतले जर्मनीलाई रुसी कच्चा पदार्थको दोस्रो ठूलो आयातकर्ताको रुपमा उछिनेको छ ।

चीन सन् २०१६ देखि कच्चा तेलको लागि रूसको सबैभन्दा ठूलो बजार भएको छ ।