अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको वि.सं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय १३ लाख जरिवना ठहर भएका चितवन खैरहनी नगरपालिका-४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।
तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताए ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया