निषेधको राजनीतिले हामी कतै पुग्दैनौं, सत्तापक्षले प्रतिपक्षीसँग संवाद गरेन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायीत्वका लागि सहमति र सहकार्यको राजनीति आवश्यक रहेको बताएका छन् ।
पूर्वराजदुत समूहले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले देउवा नेतृत्वको सरकार बनेपछि निषेधको राजनीति गरेको आरोप लगाए । सत्ताको दम्भ र अहंकारले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने ओलीले तर्क गरे ।
‘प्रतिपक्षी भनेको सरकारमा जान प्रतिक्षा गरिरहेको शक्ति मानिन्छ । गठबन्धन सरकार बनेपछि प्रतिपक्षीसँग कुनै सल्लाह भएन । ०४६ पछि सत्तापक्षबाट संवादहीनता भएको पहिलो पटक हो’, ओलीले भने, ‘विदेश नीति, परराष्ट्र सम्बन्धको विषयमा प्रतिपक्षसँग मात्र नभइ कुटनैतिक व्यक्तित्वसँग पनि कुनै सल्लाह भएन । यो गम्भीर विषय हो ।’
निषेधको राजनीति गरेर सरकारले लोकतन्त्रको नयाँ परिभाषा दिन खोजेको उनले आरोप लगाए । जटिल भूराजनीति भएको हाम्रो जस्तो देशले न्यायोचित राष्ट्रियहितमा ध्यान दिनुपर्ने ओलीले बताए । नेपालको आन्तरिक राजनीति प्रणालीमा मतभेद हुन्छ बाहिरी शक्तिको हस्तक्षेप बढेको ओलीको भनाइ छ । सरकारले सत्तामा बसेर राष्ट्रियहित विपरित सौदावाजी गरेको उनले आरोप लगाए ।
गुमेको भूमि फिर्ता माग्ने काम कुनै अध्यल्याईं नभएको भन्दै उनले आफ्नो नेतृत्वको सरकार नगिराएको भए कालापानी क्षेत्र नेपालमा आइसक्ने दावी गरे ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया