क्याफेमा आगलागीबाट क्षति

जनकपुर । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा एकपछि आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए।
ताजा अपडेट
-
राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
-
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
-
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
छ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिक्रिया