विदेशमा रहेका नेपालीलाई मताधिकार दिन माग गर्दै कांग्रेस महामन्त्रीद्वय निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरूलाई मताधिकार दिन माग गरेको छ ।
मताधिकार माग गर्दै आज कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोग पुगेका छन् ।
उनीहरूले आयोगका पदाधिकारीहरूलाई भेटेर विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन माग गरेका छन् ।
महामन्त्री शर्माले पत्रकारहरूसँग कुरा गर्दै सोमबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि यसप्रति सकारात्मक देखिएकाले आफूहरू माग गर्दै आयोग आएको बताए ।
‘विदेशमा बस्ने नेपालीले पठाएको नोट चल्ने तर भोट नचल्ने भइरहेको छ । अब यो परिपाटी अन्त्य गरिनुपर्छ,’ उनले भने ।
निर्वाचन आयोग पनि यसप्रति सकारात्मक देखिएको महामन्त्रीद्वयको भनाइ छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया