NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भारतमा थप ९ हजार ९२३ जना कोरोना संक्रमित

काठमाडाैं । सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप ९ हजार ९२३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । भारतमा आइतबार १२ हजार ७८१ नयाँ कोरोना संक्रमित भएका र १८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो एक दिनमा सात हजार २९३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २७ लाख १५ हजार १९३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६१ प्रतिशत रहेको छ ।

यसमध्ये ७९ हजार ३१३ सक्रिय संक्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो संख्या कुल संक्रमितको ०.१८ प्रतिशत हो । कोरोना महामारीबाट आइतबार भारतमा १७ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ८६० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ३२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । ८५ करोड ८४ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।