NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

थप १९ जनामा कोरोना पुष्टि, १२४ सक्रिय संक्रमित

काठमाडौं । गत २४ घण्टामा २ हजार ८१४ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा १४ र एन्टीजेन विधिमा ५ जना गरी थप १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२४ जना सक्रिय संक्रमित छन् भने १० जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ३२० पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार मंगलबार कसैको पनि मृत्यु भएको छैन् । हाल सम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । गत २४ घण्टामा कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ७३ हजार ३०१ रहेको छ ।

Image