मन्त्रीका लागि सिफारिस गरेका नेताहरूलाई तत्काल नियुक्त गर्न प्रधानमन्त्रीलाई नेकपा एसको दबाब

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीपरिषद् हेरफेरका लागि पार्टीले सिफारिस गरेका नेताहरूलाई तत्काल मन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएको छ ।
बुधबार बसेको सचिवालय बैठकले आफूले सिफारिस गरेको नेताहरूलाई मन्त्रीमा नियुक्त गर्न दबाब दिन पार्टी अध्यक्ष माधव नेपाललाई बालुवाटार पठाएको नेता झलनाथ खनालले जानकारी दिए ।
‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वायन गरेको छैन ?’, सरकारलाई खनालले प्रश्न गरे, ‘सरकारले किन गर्न सकेन ? तुरुन्त कार्यान्वायन गर्नुपर्छ ।’
असार १ मा बसेको सचिवालय बैठकले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । तर सरकारमा सहभागी मन्त्रीहरूको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद हेरफेर गर्न सकेका छैनन् ।
त्यस्तै बैठकमा पोलिटब्यूरो, केन्द्रीय समिति र केन्द्रीय परिषद बैठकको तयारी सम्बन्धमा छलफल भएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया