मन्त्रीका लागि सिफारिस गरेका नेताहरूलाई तत्काल नियुक्त गर्न प्रधानमन्त्रीलाई नेकपा एसको दबाब
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मन्त्रीपरिषद् हेरफेरका लागि पार्टीले सिफारिस गरेका नेताहरूलाई तत्काल मन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिएको छ ।
बुधबार बसेको सचिवालय बैठकले आफूले सिफारिस गरेको नेताहरूलाई मन्त्रीमा नियुक्त गर्न दबाब दिन पार्टी अध्यक्ष माधव नेपाललाई बालुवाटार पठाएको नेता झलनाथ खनालले जानकारी दिए ।
‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने निर्णय गरेका छौं । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वायन गरेको छैन ?’, सरकारलाई खनालले प्रश्न गरे, ‘सरकारले किन गर्न सकेन ? तुरुन्त कार्यान्वायन गर्नुपर्छ ।’
असार १ मा बसेको सचिवालय बैठकले सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ मन्त्रीका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो । तर सरकारमा सहभागी मन्त्रीहरूको धम्कीका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद हेरफेर गर्न सकेका छैनन् ।
त्यस्तै बैठकमा पोलिटब्यूरो, केन्द्रीय समिति र केन्द्रीय परिषद बैठकको तयारी सम्बन्धमा छलफल भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया