इच्छाराज प्रकरणमा अधिवक्ता पोखरेलको प्रष्टीकरण : अडियोबारे छानबिन होस्
काठमाडौं । इच्छाराज प्रकरणमा मुछिएका अधिवक्ता रुद्रप्रसाद पोखरेलले आफू नमुछिएको भन्दै सार्वजनिक भएको अडियोबारे छानबिन गर्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनेल प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
‘यस किसिमको वार्तामा म संलग्न छैन । नेवाए र बार काउन्सिलबाट हुने छानविनमा म उचित र प्रयाप्त सहयोग गर्न तयार छु’, उनले भने, ‘हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानून ब्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्वन गरेको छु ।’
आफूमाथि भएको षड्यन्त्र उपर कानूनी उपचारको खोजिमा रहेको उनले लेखेका छन् । अधिवक्ता पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको १० मिनेटको अडियो बुधबार सार्वजनिक भएको थियो ।
https://www.facebook.com/rudra.pokhrel.16/posts/pfbid0rVEAV3CsjAo9WGpoEW4hrJPBxQtJzLGBMAab1m4jkySGA9iCZLuyGCJKwnHgD3idl?__cft__[0]=AZUEJ68s_nJ3PtadlDaE7HSujn5AdsUP5Ic1-7_boFvdGP-MWpjNKVkrVyfRvaZKdrTB8KTC_0XNRKq1g4gIScpUd0G0zvb7c_XDuoYN4velWKjZ-dxev0Zp0knOsSMqqCQ&__tn__=%2CO%2CP-R
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया