इच्छाराज प्रकरणमा अधिवक्ता पोखरेलको प्रष्टीकरण : अडियोबारे छानबिन होस्

काठमाडौं । इच्छाराज प्रकरणमा मुछिएका अधिवक्ता रुद्रप्रसाद पोखरेलले आफू नमुछिएको भन्दै सार्वजनिक भएको अडियोबारे छानबिन गर्न आग्रह गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनेल प्रकाशित समाचारको खण्डन गरेका हुन् ।
‘यस किसिमको वार्तामा म संलग्न छैन । नेवाए र बार काउन्सिलबाट हुने छानविनमा म उचित र प्रयाप्त सहयोग गर्न तयार छु’, उनले भने, ‘हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानून ब्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवी तथा परामर्शमा सहभागी नहुने गरी स्वयंलाई निलम्वन गरेको छु ।’
आफूमाथि भएको षड्यन्त्र उपर कानूनी उपचारको खोजिमा रहेको उनले लेखेका छन् । अधिवक्ता पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको १० मिनेटको अडियो बुधबार सार्वजनिक भएको थियो ।
https://www.facebook.com/rudra.pokhrel.16/posts/pfbid0rVEAV3CsjAo9WGpoEW4hrJPBxQtJzLGBMAab1m4jkySGA9iCZLuyGCJKwnHgD3idl?__cft__[0]=AZUEJ68s_nJ3PtadlDaE7HSujn5AdsUP5Ic1-7_boFvdGP-MWpjNKVkrVyfRvaZKdrTB8KTC_0XNRKq1g4gIScpUd0G0zvb7c_XDuoYN4velWKjZ-dxev0Zp0knOsSMqqCQ&__tn__=%2CO%2CP-R
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया