थप ३१ जनामा कोरोना पुष्टि, १० संक्रमणमुक्त
काठमाडौं । गत २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिमा २८ र एन्टीजेन विधिमा ३ जना गरी ३१ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४२ जना सक्रिय संक्रमित छन् भने कोरोनाबाट निको हुनेको संख्या १० जना पुगेको छ । हालसम्म नेपालका कोरोनाबाट निको हुनेको कुल संख्या ९ लाख ६७ हजार ३३० पुगेकाे छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
बुधबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९५२ पुगेकाे छ ।

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया