NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप ३१ जनामा कोरोना पुष्टि, १० संक्रमणमुक्त

काठमाडौं । गत २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४२५ जनामा कोरोना परीक्षण गर्दा पिसिआर विधिमा २८ र एन्टीजेन विधिमा ३ जना गरी ३१ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४२ जना सक्रिय संक्रमित छन् भने कोरोनाबाट निको हुनेको संख्या १० जना पुगेको छ । हालसम्म नेपालका कोरोनाबाट निको हुनेको कुल संख्या ९ लाख ६७ हजार ३३० पुगेकाे छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

बुधबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार ९५२ पुगेकाे छ ।

No photo description available.