हैजा नियन्त्रणका लागि समिति गठन
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा रोग देखिएपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ ।
जनस्वास्थ्यले कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा प्रयोगशालाका प्रतिनिधि, जनस्वास्थ्यकर्मीलगायत ६ सदस्यीय छानबिन टोली गठन गरेको हो ।
समितिले हैजा संक्रमण कसरी भयो भन्ने बारे अध्ययन गर्नेछ । काठमाडौंमा अहिलेसम्म चारजनामा हैजा संक्रमण पुष्टि भएको छ । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक एक जनामा हैजा देखिएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया