हैजा नियन्त्रणका लागि समिति गठन
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा रोग देखिएपछि यसको रोकथाम र नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेको छ ।
जनस्वास्थ्यले कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा प्रयोगशालाका प्रतिनिधि, जनस्वास्थ्यकर्मीलगायत ६ सदस्यीय छानबिन टोली गठन गरेको हो ।
समितिले हैजा संक्रमण कसरी भयो भन्ने बारे अध्ययन गर्नेछ । काठमाडौंमा अहिलेसम्म चारजनामा हैजा संक्रमण पुष्टि भएको छ । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक एक जनामा हैजा देखिएको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया