बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप, कतिदेखि कति उमेरसम्मका लगाउन मिल्छ ?
काठमाडौं । पहिलो चरणअन्तर्गत आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ ।
कोभ्याक्समार्फत अमेरिकाबाट युएस एडको सहयोगमा प्राप्त २२ लाख तीन हजार दुई सय मात्रा फाइजर खोप नेपाललाई प्राप्त भएको छ । त्यही खोप आजदेखि बालबालिकामा लगाउन लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्ष पूरा भई ६ वर्ष लागेको र ११ वर्ष पार नगरेका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ ।
खोप बालबालिका अध्ययनरत विद्यालयमै लगाउने प्रबन्ध मिलाइएको छ ।
पहिलो चरणअन्तर्गत आजबाट १५ असारसम्म काठमाडौंसहित २७ जिल्लामा यो खोप लगाउने कार्यक्रम छ । आगामी साउन २ देखि ८ गतेसम्म बालबालिकालाई यो खोपको दोस्रो मात्रा दिइने छ ।
बाँकी जिल्लालाई दोस्रो चरणअन्तर्गत समेट्ने सरकारको तयारी छ । यसका लागि भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने योजना छ ।
चिकित्सकहरूले ढुक्क भएर ०.२ एमएलका दरले दुई डोज खोप लगाउन आग्रह गरेका छन् । यो खोपको प्रभावकारिता बालबालिकामा ९१ प्रतिशत देखिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया