अविवाहित तब्बूले केटा खोज्न यसकारण अजयलाई दबाव दिइरहेकी छिन् !
काठमाडौं । बलिउड अभिनेत्री तब्बू अविवाहित छिन् । उनले आफू अभिनेता अजय देवगणका कारण हालसम्म सिंगल रहेको बताएकी छिन् ।
तब्बूले हालै दिएको एक अन्तर्वार्तामा अजयले पहिले आफूलाई मन पराउने गरेको तर विवाह नगरेको बताएकी छिन् । उनले आफूलाई विहे नगरेका कारण अजय कुनै दिन पछुताउने पनि बताएकी छिन् ।
‘अजय र म सँगै हुर्कियौं । कुनैबेला उनी मलाई मन पाउने गर्थे । उनी मेरो काकाको छोरा समीर आर्यका छिमेकी र नजिकका साथी थिए । समीर र अजय मेरो जासुसी गर्थे, मलाई पछ्याउँथे र मसँग कुरा गर्ने केटालाई पिट्ने धम्कीसमेत दिन्थे,’ तब्बूले ठट्टा गर्दै भनेकी छिन्, ‘त्यसैले म अजयकै कारण सिगंल नै रहेँ । आशा छ मलाई विहे नगरेकै कारण ऊ एकदिन पछुताउने छ ।’
अजयकै कारण आफू अविवाहित रहेकाले अब उनैलाई केटा खोज्न लगाउने तब्बूको भनाइ छ ।
अजयसँग अझै पनि गहिरो मित्रता रहेको उनले खुलासा गरिन् ।
तब्बू र अजयले खेलेका धेरै चलचित्र हिट भएका छन् । विजयपथ, हकीकत, तक्षक, दृश्यम, गोलमाल अगेन र दे दे प्यार देमा उनीहरूले सँगै काम गरेका छन् ।
उनीहरूल सँगै काम गरेको आगामी चलचित्र ’दृश्यम २’ हो । जुन नोभेम्बर १८ मा प्रदर्शन हुँदैछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया