मानेलाई ल्याउन बायर्नले कति खर्चियो ?
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले सेनेगलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गरेको छ । लिभरपुलबाट आफ्नो क्लबमा ल्याउन मानेलाई बायर्नले ३५ मिलियन पाउण्ड खर्च गरेको छ । यसलाई नेपालीमा रुपान्तर गर्दा पाँच अर्ब ३१ करोड ८७ लाख १७ हजार ९१८ रुपैया ५० पैसा हुन्छ ।
माने बुधबार बायर्नमा अनुबन्धित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले तीन वर्षको सम्झौता गरेका छन् ।
३० वर्षीय माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल गएका थिए । उनले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितेका छन् ।
मानेले लिभरपुलका लागि २६९ खेलमा १२० गोल गरेका छन् । यस्तै ४८ गोलका लागि सहयोसमेत गरेका छन् ।
माने सेनेगल राष्ट्रिय फुटबल टोलीका समेत सर्वाधिक गोलकर्ता हुन् । उनले ९१ खेलबाट ३३ गोल गरिसकेका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया