मानेलाई ल्याउन बायर्नले कति खर्चियो ?
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले सेनेगलका फरवार्ड साडियो मानेलाई अनुबन्ध गरेको छ । लिभरपुलबाट आफ्नो क्लबमा ल्याउन मानेलाई बायर्नले ३५ मिलियन पाउण्ड खर्च गरेको छ । यसलाई नेपालीमा रुपान्तर गर्दा पाँच अर्ब ३१ करोड ८७ लाख १७ हजार ९१८ रुपैया ५० पैसा हुन्छ ।
माने बुधबार बायर्नमा अनुबन्धित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले तीन वर्षको सम्झौता गरेका छन् ।
३० वर्षीय माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल गएका थिए । उनले लिभरपुलबाट च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितेका छन् ।
मानेले लिभरपुलका लागि २६९ खेलमा १२० गोल गरेका छन् । यस्तै ४८ गोलका लागि सहयोसमेत गरेका छन् ।
माने सेनेगल राष्ट्रिय फुटबल टोलीका समेत सर्वाधिक गोलकर्ता हुन् । उनले ९१ खेलबाट ३३ गोल गरिसकेका छन् ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया