हैजाका ४ जना बिरामी भेटिए

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी फेला परेका छन् । हालसम्ममा हैजा चार जनालाई पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण फैलिनसक्ने चेतावनी दिँदै सर्तक रहन मन्त्रालयले आग्रहसमेत गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन समिति गठन गरेर हैजा रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गरिरहेको छ ।
हैजा पुष्टि भएका स्थानमा नमुना संकलन गरेर अध्ययन गर्दा काठमाडौंका पाँच ठाउँमा यसका जिवाणु भेटिएको छ । विगतमा काठमाडौंमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने विज्ञहरूको भनाइ छ । नेपालमा हैजाको संक्रमण दिनानुदिन बढ्दै गएका कारण थप फैलिन सक्ने भन्दै सर्तक रहन भनिरहेका छन् ।
झाडापखालाका बिरामी बढिरहेका समयमा हैजाको संक्रमण पुष्टि भएपछि अस्पतालले पनि सतर्कता अपनाउन थालेका छन् । अहिले झाडापखालाका दिनहुँ १० देखि २० जना बिरामी अस्पताल पुग्ने गरेका छन् । झाडापखालाका कारण अस्पताल पुगेका बिरामीमा हैजा पुष्टि भएको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया