थप ४९ जनामा कोरोना पुष्टि, १२ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा थप ४९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या ९ लाख ६७ हजार ३४२ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
त्यस्तै बिहीबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १६३ जना सक्रिय संक्रमित छन् भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या ८५ हजार ६५७ रहेको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया