२२ हजार मेट्रिक टन मल नेपाल भित्र्याउँदै साल्ट ट्रेडिङ, २५०० मेट्रिक टन वीरगञ्ज भित्रियो
काठमाडाैं । यतिबेला बाली लगाउने मुख्य समय हो । यही बेला खेतीपाती लगाएर किसानले वर्षभरीकाे लागि अन्नको जोहो गर्छन् । तर यो समयमा नै देशैभर बालीमा हाल्ने मलको हाहाकार छ । मल अभाव भएपछि किसानले मलबिना नै बाली लगाउन बाध्य छन् ।
मल आपूर्तिका लागि अहिले किसान आन्दोलनरत छन् । संसद्मा किसानलाई मल उपलब्ध गराउनुपर्ने विषय उठान गरेको भएपनि वास्तविक रूपमा किसानले अहिलेसम्म मल पाइएको अवस्था छैन ।
केही दिन अगाडि अवैधानिक रूपमा मल बाेकर काठमाडाैं भित्रिदै गरेको २ ट्रकलाई धाधिङका आक्रोशित जनताले ट्रक नियनन्त्रणमा लिएर मल जफत गरेर लगेका थिए ।
मल अभावकै बीचमा नेपाल साल्ट्र ट्रेडिङ कर्पोरेशनले करिब २२ हजार मेट्रिक टन मल नेपाल भित्र्याउने भएको छ । साल्ट्र ट्रेडिङका अनुसार तीमध्ये २५ सय मेट्रिक टन मल वीरगञ्ज आइपुगिसकेको छ ।
बाँकी मल पनि छिट्टै नेपाल भित्रिने साल्ट ट्रेडिङले जनाएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया