आलेलाई मन्त्रीबाट हटाउन र चुनाव लड्न रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई मन्त्रीको रुपमा काम गर्न नदिन र उनलाई चुनाव लड्नसमेत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
उनले गरेको अश्लील गाली गलौजको विषयमा लिएर उनीमाथि बिहीबार सर्वोच्चमा रिट दायर भएको हो ।
अधिवक्ताद्धय किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्चमा उक्त रिट दर्ता गरेका हुन् ।
मन्त्री आलेले नेपाल वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गलौज गरेको अडियो बाहिर आएको थियो ।
यसअघि पनि भारतमा बस्दै गरेका अछामका एक युवालाई पनि आलेले यस्तै अश्लील गाली गरेका थिए ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया