आयल निगमसँग इन्धनमा लिइँदै आएको कर ५० प्रतिशतले घटाउन उपभोक्ता हित समितिको निर्देशन
काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाल आयल निगमसँग सरकारले विभिन्न विषयमा लिदै आएको करमा ५० प्रतिशतले घटाउन निर्देशन दिने भएको छ । समितिले आज निगमका पदाधिकारीसँग छलफल गरेर सो निर्णय गरेको हो ।
समितिले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई उक्त निर्देशन दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
इन्धनको चरम मूल्यवृद्धिबाट जनतामा पर्न गएको असरलाई मध्यनजर गरी सरकारले निगमसँग विभिन्न शीर्षकमा लिँदे आएको कर घटाउन सो निर्देशन दिन लागेको जनाएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया