कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा, ३६ (१) (क) बमोजिम पार्टी उपसभापति खड्कालाई पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा आज मनोनयन गरेका हुन् ।
सभापति देउवाले पार्टीको विधानको धारा, ३६ र कांग्रेस नियमावली २०७६ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा उपसभापति खड्कालाई मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया