हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषयलाई प्राथमिकतामा राखेका छन् । मन्त्री परिवर्तनको विषयले माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादीमा देखापरेको हलचललाई सबैजसो अखबारले नछुटाईकन समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकले ‘समाजवादीका मन्त्री अझ आक्रामक’ शीर्षकमा यसबारे पहिलो पृष्ठमा समाचार छापेको छ । नयाँ पत्रिका दैनिकले त नेकपा एसमा आएको हलचलमाथि मु्ख्य समाचार नै छापेको छ । ‘माधव नेपाल निर्णायक दबाबमा’ शीर्षक दिएर मुख्य समाचार नै बनाएको छ ।
‘एकीकृत समाजवादीका २३ मध्ये १० सांसदले हस्ताक्षर नै बुझाइसके । अरू तीन आफूहरूसँग रहेको असन्तुष्ट पक्षको दाबी छ । विवाद र ध्रुवीकरण बढ्दै गए संसदीय दलमा नेपाल अल्पमतमा पर्न सक्छन् । जुन उनका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ’ नयाँ पत्रिका दैनिकले लेखेको छ ।
यसबाहेक प्रदेशलाई हेर्ने संघको नजरिया, सुकम्बासीको कथालाई पनि पत्रपत्रिकाले लेखेका छन् । साथमा शनिबारीय सामग्री त छँदैछ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया