काठमाडौं ओर्लिए लैनचौरका नयाँ हाकिम
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका छन् ।
करियर कूटनीतिज्ञ श्रीवास्तव आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
काठमाडौँ आउनुअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रूपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
राजदूत श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन, बेइजिङ, सङ्घाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेको दूतावासले जनाएको छ । यस अघिका भारतीय राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि राजदूत पद रिक्त भएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया