काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । योसँगै नेपालमा १२ जनालाई हैजा पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज हैजा पुष्टि भएकाे स्थान भने खुलाएकाे छैन् ।
यसअघि डिल्लीबजार, बागबजार, कपन, थानकोट, बल्खु, नैकाप, सानेपालगायतका स्थानमा हैजा देखिएकाे थियाे ।
पानीपुरीको पानीमा हैजाको जिवाणु हुनसक्ने भन्दै ललितपुर महानगरपालिकाले आजदेखि ठेला गाढामा पानीपुरी तथा चटपटे बेच्नसमेत रोक लगाएको छ ।
प्रतिक्रिया