सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सको सेयर कारोबार रोक्का भएको छ । सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्स एक आपसमा गाभिने भएपछि दुवैको आजदेखि सेयर कारोबार रोक्का गरिएको हो ।
यी दुई कम्पनीबीच आइतबार मर्जसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौतामा सूर्या लाइफका अध्यक्ष केशव भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् । दुई कम्पनीकोे सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
बिमा समितिको चैत १० गतेको निर्देशन अनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनेपर्ने हुन्छ ।
ताेकिएकाे समयमा चुक्तापुँजी पुर्याउन अहिले बीमा कम्पनीलाई दवाव छ । हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया