NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गाउँपालिकाका कर्मचारीलाई बाँधेर कुटपिट, गाडी र पैसा लुटेर फरार

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारीमाथि आक्रमण भएको छ ।

उनी कैलालीकाे गोदावरी नगरपालिका-४ गाइमारेमा हातखुट्टा बाँधेर भिरबाट फालेको अवस्थामा फेला परेका छन् ।

भण्डारी स्वयंमले स्थानीयलाई बताएअनुसार ४ ५ जनाको समूहमा रहेका अज्ञात व्यक्तिहरुले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताएका छन् ।

उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले उनको उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।

महेन्द्रनगरबाट गाडीमा लिफ्ट मागेर चढेका ३ जना व्यक्तिले कुटपिट गरी आफूलाई भिरबाट फालेर प्रदेश ०१ – २३ च ६०२१ नम्बरकाे
गाडी र पैसा लुटेर भागेकाे भण्डारीले बताएका छन् ।

अहिले उनलाई उपचारका लागि धनगढीकाे पद्या अस्पतालमा लगिएको कैलाली प्रहरीले जनाएको छ ।