नबिल एसइइलाई सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड
काठमाडौं । नबिल बैंकले नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत ‘नबिल स्कुल’ वा ‘सामाजिक उद्यमशीलता नबिल एसईई’हरूलाई अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रमको पहिलो ब्याचका २० फेलोहरूले सामाजिक उद्यमशीलताको सक्षमकर्ता अवार्ड प्राप्त गरेका छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको ‘सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२’ मा नबिल सामाजिक उद्यमशीलता कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० सहभागीलाई सामूहिक रूपमा अवार्ड प्रदान गरिएको हो ।
०७८ साल चैत ७ गतेदेखि सुरु गरिएको पहिलो ब्याचको फेलोसिप कार्यक्रमअन्तर्गत देशभरका ३५० आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा सञ्चालन गरिएको छ ।
फेलोसिप कार्यक्रमका सहभागीले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यान्न, कपडा उत्पादन, कफीशप सञ्चालनलगायत क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । उक्त कार्यक्रमअन्तर्गत सात नेपाली स्टार्टअपहरूले व्यवसाय विस्तारका लागि २४ करोड ५० लाख रुपैयाँ लगानी प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया