होटलमा सालको पातको टपरी प्रयोग गरिने
दमौली । बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
प्रयोग पश्चात टपरीलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उनले बताए ।
गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रममार्फत बन्दिपुर गाउँपालिका-६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेसिन हस्तान्तरण गरी तालिम प्रदान गरिएको छ ।
उक्त मेसिन दुई लाख १३ हजार ५०० को लागतमा खरिद गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । मेशिनबाट टपरी बनाउने तालिमको गाउँपालिकाका अध्यक्ष थापाले शुभारम्भ गरे । सुकाएको सालको पातलाई मेसिनमा राखेपछि टपरी तयार गर्न सकिन्छ ।
तालिममा १२ जना सहभागी छन् । उत्पादन गरिएका टपरी बन्दिपुर कोसेली घरमा राखेर पनि बिक्री वितरणको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।
बन्दिपुर– २ बसपार्कस्थित टुँडिखेल चोकमा बन्दिपुर कोसेली घर निर्माण गरिएको छ । गाउँपालिकाले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन थालेको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले जानकारी दिइन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया