काठमाडौंमा सहायक प्रजिअको जिम्मेवारीमा दुई महिला

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुईजना महिलालाई सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को जिम्मेवारी दिइएको छ ।
काठमाडौं जिल्लाको प्रमुख प्रशासकीय अड्डाका रूपमा रहेको काठमाडौं जिल्ला प्रशासन कार्यालयको जिम्मेवारी पाउनेमा सहायक प्रजिअ सुप्रभा खनाल र देवी पाण्डे रहेका छन् ।
प्रशासन शाखाको प्रमुख समेत रहेकी खनाललाई सूचना अधिकारीको पनि जिम्मेवारी दिइएको छ । यस्तै पाण्डेलाई नागरिकता शाखा प्रमुख तोकिएको छ ।
खनाल मोरङको विराटनगर महानगरपालिका ५ स्थायी बासिन्दा हुन् ।
यस्तै पाण्डेको स्थायी घर गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ हो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया