NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप ४४ जनामा कोरोना पुष्टि, २२९ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७९८ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ३८ र एन्टीजेन विधिमा ६ जना गरी थप ४४ जनामा कारोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा १७ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको कुल संख्या ९ लाख ६७ हजार ४२६ पुगेको छ । जुन कुल संक्रमितकाे ९८.८ प्रतिशत हाे ।

मंगलबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा २२९ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.