थप ४४ जनामा कोरोना पुष्टि, २२९ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७९८ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ३८ र एन्टीजेन विधिमा ६ जना गरी थप ४४ जनामा कारोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा १७ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको कुल संख्या ९ लाख ६७ हजार ४२६ पुगेको छ । जुन कुल संक्रमितकाे ९८.८ प्रतिशत हाे ।
मंगलबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेकाे छ । पछिल्लो २४ घण्टामा २२९ जना सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया