बालुवाटारमा आगलागी, तीन घण्टामा पनि नियन्त्रणमा आउन सकेन
काठमाडौं । बालुवाटारमा आगलागी भएको छ । त्यहाँस्थित सुनौलो परिवार नेपालको भवनमा बुधबार बिहान ६ बजेदेखि आगो लागेको हो ।
दमकलको सहायतामा अग्नि नियन्त्रकले बुधबार बिहानैदेखि आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।
काठमाडौं महानगरपालिकाको दमकलबाट आगो नियन्त्रण हुन नसकेपछि अहिले प्रहरीको दमकलले नियन्त्रण प्रयास गरिरहेको छ ।
आगलागीबाट ठूलो क्षति भएको अनुमान छ । तर यकिन विवरण आउन बाँकी छ ।
प्रहरीका अनुसार, आगलागीको कारण पनि खुलेको छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया