मन्दाकिनी हाइड्रोपावरको आइपिओमा आवेदन दिने म्याद थप
काठमाडाैं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपिओमा आवेदन दिने म्याद थप गरेको छ । सो आइपिओको आवेदन असार १५ गतेसम्म खुलाएपनि मागअनुसार आवेदन नपरेकाले असार २२ गतेसम्मको लागि म्याद थप गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले असार १ गतेदेखि आइपिओ निष्कासन गरेको हो । कम्पनीले सो आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ८८ हजार ३ हजार ७०० कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गरेका हुन् । उक्त आइपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ का बासिन्दाहरुले आवेदन दिन पाउनेछन् ।
इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओका लागि मन्दाकिनी हाइड्रोपावरको रजिष्टर्ड कार्यालय, सिनामंगल, काठमाडौं, पोखरा फाइनान्सको लाहाचोक शाखा, एनएमबि बैंकको हेम्जा शाखा र प्राइम कमर्सियल बैंकको लामाचौर शाखाबाट आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया