प्रेमीको श्रीमतीमाथि हातपात गरेको आरोप लागेकी राज्यमन्त्री वलीले दिइन् राजीनामा
काठमाडौं । प्रेमीको श्रीमती र छोरी कुटेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् ।
वलीले आफ्नो राजीनामा साेमबार नै मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाइएको माओवादी लुम्बिनीका प्रमुख सचेतक तुलराम घर्ती मगरले जानकारी दिएका छन् ।
जेठको अन्तिम साता वाइसिएल नेता एकराज बस्नेतको घरमा प्रवेश गरी उनका श्रीमती र छोरीलाई हातपात गरेको आरोपमा वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री केसीको दबाबमा रातारात बुटवल झिकाइए पनि केही दिनपछि उनी दाङमा नै फर्किएकी थिइन् ।
घटनाको विषयमा छानविन गर्न सरकारले समिति गठन गरेको थियो । समितिलाई सहयोग गर्न उनले राजीनामा दिएको घर्तीले जानकारी दिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया