रोनाल्डोको पोर्चुगललाई दाबेदार नमान्ने मार्टिनेज विश्वकपमा यी दुई देशसँग बदला लिन चाहन्छन्

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लाउटारो मार्टिनेजले दुई देशसँग बदला लिएर विश्वकपको उपाधि जित्न चाहेको बताएका छन् ।
राष्ट्रिय टोलीका कप्तान लियोनल मेसीको जन्मदिन मनाउन स्पेन गएका मार्टिनेजले हालै त्यहाँको एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् ।
इटालियन क्लब इन्टर मिलानमा आबद्ध मार्टिनेजले फाइनलमा आफ्नो देशले विश्वकपको फाइनलमा जर्मनी वा फ्रान्स जर्मनीमध्ये एउटा टोली चाहेका बताएका छन् ।
पछिल्ला चामध्ये तीनवटा विश्वकपमा अर्जेन्टिनाको दुष्मन जर्मनी भइरहेको छ । सन् २००६ को विश्वकपको क्वार्टरफाइनलमा घरेलु टोली जर्मनीले अर्जेन्टिनालाई ट्राइबेकरमा हराएको थियो ।
यस्तै, २०१० मा पनि अर्जेन्टिना जर्मनीसँग क्वार्टरफाइनलमै ४–० गोल अन्तरले निराश बनेको थियो । यतिमात्र होइन २०१४ को विश्वकप फाइनलमा पनि अर्जेन्टिनाको उपाधि बाधकमा जर्मनी नै खडा भएको थियो । जर्मनीले अतिरिक्त समयमा गोल गर्दै उपाधि जितेको थियो ।
यसअघिको विश्वकपमा भने अर्जेन्टिना अन्तिम १६ मै फ्रान्ससँग ४–३ गोल अन्तरले निराश बनेको थियो ।
योपटक अर्जेन्टिना यिनै हारको बदला लिने सुरमा रहेको मार्टिनेजले बताएका छन् । यी दुई टोलीमध्ये एकसँग फाइनलमा भेट भए आनन्द हुने उनको भनाइ छ ।
मार्टिनेज योपटक कतारमा अर्जेन्टिनाका प्रमुख स्ट्राइकर हुने निश्चित छ । गोन्जालो हिगुइन र सर्जियो अग्वेरोले सन्यास लिइसकेकाले अर्जेन्टिना अहिले उनको भरमा छ ।
मार्टिनेजले गत वर्ष ब्राजिललाई उसकै घरमा हराएर कोपा अमेरिकाको उपाधि जितेकाले अहिले अर्जेन्टिनाको मनोबल उच्च रहेको र आफूहरू विश्वकपको प्रमुख दाबेदार रहेको बताएका छन् ।
उनले मेसीका लागि भए पनि आफूहरू विश्वकप जित्न जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् ।
मार्टिनेजले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल रोनाल्डो प्रमुख दाबेदारमा नपर्ने भएकाले सो टोलीसँग फाइनल खेल्नेबारे आफूले नसोचेको बताए ।
यी उत्कृष्ट खेलाडी जो यो वर्ष विश्वकपको महासंग्राममा उत्रन पाउने छैनन्
प्रतिक्रिया