NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

लेभ्निङ इलेक्ट्रिक स्कुटरको नयाँ शोरूम सुर्खेतमा

काठमाडाैं । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री-वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स नेपालले सुर्खेतमा नयाँ शोरुम उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रमका बीच वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ठ खनाल र मिस इन्टरनेसनल २०१७ नीति शाहले संयुक्त रुपमा शोरुम उद्घाटन गरेका हुन् ।

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सुर्खेतको लागि आधिकारिक विक्रेताको रुपमा श्री गणेश इन्टरनेसनल अटोमोबाइल घोषणा भएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६, जुम्ला रोडमा रहेको लेभ्निङ शोरुमबाट अब लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री(वितरण गरिने कम्पनीले जनाएको छ ।

उपमेयर खनालले दिनदिनै पेट्रोलको भाउ बढिरहेको अवस्थामा विद्युतीय स्कुटरले सुर्खेतवासीलाई धेरै सहयोग पुग्ने बताए । वार्षिक रुपमा पेट्रोलियम बाइक वा स्कुटरमा सर्भिसिङ र अन्य खर्चको रुपमा लाग्ने करिब ९५ हजार रुपैयाँ बचत हुने र प्रदूषणसमेत नगर्ने भएकाले विद्युतीय स्कुटर राम्रो मानिने र यसकारण सुर्खेतलाई इलेक्ट्रिक भेइकल सहर भनेर घोषणा गरेको उनले बताए ।

नीति शाहले नेपालमा भएका इलेक्ट्रिक स्कुटरमध्ये सबैभन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्क भएर लेभ्निङका इलेक्ट्रिक स्कुटर प्रयोग गर्न आग्रह गरिन् । पेट्रोलको महँगीको बेला इलेक्ट्रिक कम खर्चिलो हुनुका साथै नेपालको बिजुली नेपालमै प्रयोग हुने र पेट्रोल किन्नु नपर्ने हुँदा नेपाली पैसा बाहिरिनबाट समेत यसले बचाउने उनले बताइन् ।

कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर पर्शुराम चौधरीले कम स्पिडका कारण इलेक्ट्रिक स्कुटरबाट दुर्घटना कम हुने र वातावरण प्रदूषण नहुने हुनाले सबैले यसको सजिलै प्रयोग गर्न सक्ने कुरा बताए ।

बज्र ग्रुपका एजीएम नवराज कोइरालाले बोस कम्पनीको मोटर, सामसुङको लिथियम आयोन ब्याट्री आदि प्रयोग गरिएको विश्व प्रसिद्ध कम्पनीको उत्पादन भएकाले लेभ्निङका इलेक्ट्रिक स्कुटर ग्राहकका लागि उपयुक्त हुने बताए । उनले स्कुटर किन्नेका लागि फाइनान्स, एक्सचेन्ज आदिको सुविधासमेत उपलब्ध भएकाले सहज हुने बताए ।

गणेश इन्टरनेशनलका सञ्चालक प्रेमकुमार विसीले सुर्खेत अब इलेक्ट्रिक भेइकल सहर घोषणा भएको अवस्थामा लेभ्निङ ब्रान्डमार्फत सेवा प्रदान गर्ने दिन आग्रह गरे । उनले ग्राहकलाई २४सैं घण्टा सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार सबै सेवा उपलब्ध गराउने बताए ।

नेपाली व्यावसायिक घरानाको रुपमा ३० वर्षदेखि परिचित बज्र ग्रुपले विभिन्न विश्व प्रसिद्ध ब्रान्ड नेपाली बजारमा बिक्री-वितरण गर्दै आएको छ । हाल बज्र ग्रुपअन्तर्गतको ईभी मोटर्स नेपालले लेभ्निङ इलेक्ट्रिक स्कुटर भर्खर कलेज पढ्दै गरेका विद्यार्थीदेखि युवाका साथै महिला-पुरुष सबैलाई हुने र फुड डेलिभरी गर्न मिल्ने, अशक्तले चलाउन मिल्ने स्कुटर बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५(डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजारदेखि ५ लाख ५९ हजार रुपैयाँसम्म छ ।

सुर्खेतमा नयाँ शोरुम खुलेसँगै अब नेपालभर २४ वटा लेभ्निङ ब्रान्डको आधिकारिक बिक्रेताले बिक्री-वितरण गरिरहेका छन् ।