NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

६२ जनामा कोरोना पुष्टि, १९ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ जनामा थप ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पिसीआर विधिअन्तर्गत ५१ जना र एन्टीजेन विधिमा ११ जना गरी ६२ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै गत २४ घण्टामा १९ जना निको भइ घर फर्किएका छन् । यो सँगै कोरानामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४४५ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।

बुधबार कसैको पनि मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा नेपालमा सक्रिय संक्रमितको संख्या २६१ छ भने कोरोनाविरुद्ध खोप लगाउनेको संख्या १ लाख ८४ हजार ५४५ रहेको छ ।
No photo description available.