निजगढ विमानस्थलबारे सर्वोच्चको फैसलाको पूर्णपाठ आयो, दुई न्यायाधीशको फरक मत (पूर्णपाठसहित)

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे फैसलाको पूर्णपाठ आएको छ ।
विमानस्थल निर्माणमा सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्नेगरी सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक भएको हो ।
न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरू उत्प्रेषणको आदेशले बदर गरेको थियो ।
बदर गर्दै वातावरणीय र जैविक विविधतामा कम क्षति हुनेगरी उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि परमादेश जारी गरेको थियो ।
तर, पाँच जनाको पूर्ण इजलासमध्ये हरिकृष्ण कार्की र मनोज शर्माले ४० बुँदामा फरक मत राखेका छन् ।
उनीहरूले विमानस्थल निर्माणसँग सम्बन्धित सम्पूर्ण काम–कारबाही बदर मात्र गरी शून्यको स्थितिमा छाडिदिँदा राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको विमानस्थलको भविष्य नै अनिश्चित हुने र राज्यको ठूलो लगानी खेर जाने राय दिएका छन् ।
हेरौं पूर्णपाठ :
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया