NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

कोठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । काठमाडौं । बाग्लुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, सव–इञ्जिनियर, लेखापाल र निर्माण सेवाका प्रोपाइटरहरूसमेत गरी १० जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर ।

उनीहरूविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।

यस्तो छ विज्ञप्ति :

प्रेस विज्ञप्ति: २०७९।०३।१५, आरोप-पत्र ।
—————————————————-
जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., सव-इञ्जिनियर, लेखापाल र निर्माण सेवाका प्रोपाइटरहरु समेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।
————————————————————————–
जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिका स्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, सडक मर्मत आयोजनामा अनियमितता भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कर्मचारीको मिलेमतोमा योजनाबद्ध ढंगले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ को प्रावधानलाई समेत वेवास्ता गरी योजनालाई साना साना टुक्रामा विभाजन गरी, दरभाउ पत्रसमेत नलिई सामान्य निवेदनको भरमा मात्र एक फर्मलाई एक वडाको जिम्मेवारी दिएकोमा सोही वडाको एकै साइटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको र अर्को फर्मबाट समेत काम भएको भनी नापी किताब तयार एवं भुक्तानी गर्ने कार्य गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने देहायका व्यक्तिहरुलाई देहाय अनुसारको सजायको मागदाबी लिइएको छ ।
देहाय:
(१) तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर वि.क., सव-इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सव-इञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलले सम्झौतामा उल्लेख भएबमोजिम सुपरीवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नापजाँचको लागि सम्बन्धित साईट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी कितावमा सही गरी सहमति जनाई नभए/नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई/बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भई, एकै वडाको एकै साईटमा एकै अवधिमा दोहोरो सम्झौता गरेको, दोहोरो नापी किताब प्रमाणित गरी निर्माण व्यवसायीलाई फाईदा पुग्ने गरी भुक्तानी गर्ने गराउने कार्य गरी नेपाल सरकारलाई रु. ७,९२,०९९।४९ गैरकानूनी हानिनोक्सानी पुर्याई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) बमोजिमको कसुर गरेको देखिँदा निजहरु खिम बहादुर वि.क., नवीन थापा, सनोज उपाध्याय र खडानन्द कँडेललाई बिगो रु. ७,९२,०९९।४९ (सात लाख बयानब्बे हजार उनान्सय रुपैयाँ उनानचास पैसा) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगो निजहरुबाट सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम असुलउपर हुन मागदावी लिइएको छ ।
(२) श्री सेभेन स्टेट बिल्डर्स, बाग्लुङ्गका प्रोपाइटर दिपेन्द्र बहादुर खड्काले झुट्टा बिल भरपाई तथा दोहोरो नापी किताब तयार गर्न लगाई नभए नगरेको कार्यको समेत भुक्तानी लिने कार्य गरी रु.३,५३,१६२।२९नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिँदा निज दिपेन्द्र बहादुर खड्कालाई बिगो रु. ३,५३,१६२।२९ (तीन लाख त्रिपन्न हजार एक सय बैसठ्ठी रुपैयाँ उनान्तीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगो निजबाट जफत हुन मागदावी लिइएको छ ।
(३) अर्गेजा निर्माण सेवाका प्रोपाइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुवरले सम्झौता बमोजिम कार्य गरिएको भनी कार्यसम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी भईसकेको अवस्थामा पुनः अर्गेजा निर्माण सेवाले कामको जिम्मा लिएको देखाई दोहोरो नापी किताब तयार गरी/ गर्न लगाई भुक्तानी दाबी गरी गाउँपालिकाबाट भुक्तानी लिई रु.१,५१,२१०।९५ नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिँदा निज अर्गेजा निर्माण सेवाका प्रोपाइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुँबरलाई बिगो रु.१,५१,२१०।९५ (एक लाख एकाउन्न हजार दुई सय दश रुपैयाँ पन्चानब्बे पैसा) कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय एवं बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगो सोही ऐनको दफा ८(४) बमोजिम निजहरुबाट जफत हुन मागदावी लिइएको छ ।
(४) खुसु निर्माण सेवाका सुर्य बहादुर भण्डारीले कामको झुट्टा बिल भरपाई बनाई बनाउन लगाई नभए नगरेको कार्यको समेत भुक्तानी लिने कार्यमा मिलेमतो गरी रु.१,५१,९२२।८५ दोहोरो भुक्तानी लिई नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिँदा खुसु निर्माण सेवाका प्रोपाइटर सुर्य बहादुर भण्डारीलाई बिगो रु.१,५१,९२२।८५ (एक लाख एकाउन्न हजार नौ सय बाइस रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय एवं बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगो निजबाट जफत हुन मागदावी लिइएको छ ।
(५) भण्डारी निर्माण सेवाका प्रोपाइटर गणेश बहादुर भण्डारीले कार्यसम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी भइसकेको अवस्थामा पुनः भण्डारी निर्माण सेवालाई कामको जिम्मा दिएको देखाई झुट्टा बिल भरपाई बनाई दोहोरो मूल्यांकन गरी नापी किताब तयार गरी/गराई रु.१,५१,९२२।८५ दोहोरो भुक्तानी लिई नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिदाँ भण्डारी निर्माण सेवाका प्रोपाइटर गणेश बहादुर भण्डारीलाई बिगो रु. १,५१,९२२।८५ (एक लाख एकाउन्न हजार नौ सय बाइस रुपैयाँ पचासी पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय एवं बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगो निजबाट जफत हुन मागदावी लिइएको छ ।
(६) सातविसे कन्सट्रक्सनका प्रोपाइटर मनोज खड्का र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुँबरले नभए नगरेको कामको दोहोरो भुक्तानी लिई रु.१,३५,८०३।४० नेपाल सरकारलाई गैरकानूनी हानी पुर्याई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिँदा सातविसे कन्स्ट्रक्सनका प्रोपाइटर मनोज खड्का र सोही कन्स्ट्रक्सनका प्रतिनिधि तथा काठेखोला कन्स्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुँबरलाई बिगो रु.१,३५,८०३।४० (एक लाख पैतीस हजार आठ सय तीन रुपैयाँ चालीस पैसा) कायम गरी भष्ट्राचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय एवं बिगोबमोजिम जरिवाना गरी हानिनोक्सानी भएको बिगो सोही ऐनको दफा ८(४) बमोजिम निजहरुबाट जफत हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सहायक प्रवक्ता
वेदप्रसाद भण्डारी