डलरको भाउ निरन्तर उकालो यात्रामा, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडाैं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी एक डलरको भाउ खरिददर १२६ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
बुधबार १ डलरको भाउ खरिददर १२५ रूपैयाँ ७४ पैसा थियो भने (बिक्रीदर) १२६ रुपैयाँ ३४ पैसा कायम भएको थियो ।
त्यस्तै अस्ट्रेलियन डलरको भाउ खरिदर ८६ रुपैयाँ ७१ पैसा कायम भएको छ । यसको बिक्रीदर ८७ रुपैयाँ १२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४४ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ २० पैसा कायम छ । त्यस्तै हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ६ पैसा पुगेको छ ।
यसको बिक्रीदर १६ रुपैयाँ १४ पैसा रहेको बैंकको तथ्यांकमा उल्लेख छ । सिंगापुर डलर एकको खरिददर ९० रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९१ रुपैयाँ १८ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २४ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ २८ पैसा पुगेको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया