१८ वटा हेलिकप्टरलाई काठमाडौंबाहिर सारिने

काठमाडौं । नेपालमा उडानमा रहेका हेलिकप्टरमध्ये १८ वटालाई काठमाडौंबाहिर स्थानान्तरण गरिने भएको छ । हाल नेपालभर उडिरहेका १२ वटा निजी कम्पनीका ३९ हेलिकप्टरमध्ये पार्किङ अभावका कारण १८ वटालाई राजधानीबाहिर सार्न लागिएको हो ।
यसअघि हेलिकप्टर व्यवसायी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापकबीच भएको छलफलमा काठमाडौंमा २१ वटा हेलिकप्टरमात्रै पार्किङ गर्न सकिने भएकाले बाँकीलाई बाहिर सार्ने भएको विमानस्थलको आन्तरिक टर्मिनलले जनाएको छ ।
पार्किङ अभावले उडान सुरक्षामा समस्या हुने भएपछि पर्यटन मन्त्रालयले स्तान्तरणलाई कडाइ गर्न प्राधिकरणलाई निर्देश गरेको थियो ।
यसैअनुसार १८ वटा हेलिकप्टरलाई लुक्ला, पोखरा, रामेछाप, नेपालगन्जलगायतका पायक पर्ने र बेस अनुमति भएका विमानस्थलमा सार्न प्राधिकरणले कडाइ गरेको छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया