सूर्या लाइफको व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट पाइने
काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा तोकिएको सबै प्रक्रिया पूरा गरी पुर्नजागरण गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार छुट २०७९ असार १६ गतेदेखि असार ३२ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गर्नेलाई लागू हुने छ । कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ ।
अनलाइन भुक्तानीका लागि इ सेवा, फोन पे, केनेक्ट आइपिएस, अल्ति र आयएमई पेमार्फत भुक्तानी गर्न सकिनेछ ।

ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया