सूर्या लाइफको व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट पाइने

काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा व्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन विलम्ब भई व्यतित भएका बीमालेखहरुमा तोकिएको सबै प्रक्रिया पूरा गरी पुर्नजागरण गराएमा पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट दिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार छुट २०७९ असार १६ गतेदेखि असार ३२ गतेसम्म तोकिएको सबै प्रक्रिया पुरा गर्नेलाई लागू हुने छ । कम्पनीले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत ब्याज मिनाहा गर्ने जनाएको छ ।
अनलाइन भुक्तानीका लागि इ सेवा, फोन पे, केनेक्ट आइपिएस, अल्ति र आयएमई पेमार्फत भुक्तानी गर्न सकिनेछ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया