खोलामा बेपत्ता भएका बालकको शव फेला
कैलाली । कैलारी गाउँपालिका-६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ ।
धनगढी उपमहानगरपालिका-१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
मृतक बालक यही असार १५ गते कैलारी-६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया