NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, एक डलरकै १२६.७८ रूपैयाँ

काठमाडाैं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी एक डलरको भाउ खरिददर १२६ रूपैयाँ १८ पैसा र बिक्रीदर १२६ रूपैयाँ ७८ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो ।

यसभन्दा अघि शुक्रबार अमेरिकी एक डलरको भाउ खरिददर १२६ रूपैयाँ ६ पैसा र बिक्रीदर १२६ रूपैयाँ ६६ पैसा कायम भएको थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत  पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

त्यस्तै आज अस्ट्रेलियन डलरको बिक्रीदर ८५ रुपैयाँ ७६ पैसा र खरिददर ८६ रूपैयाँ १७ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम छ । त्यस्तै हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ८ पैसा पुगेको छ ।

यसको बिक्रीदर १६ रुपैयाँ १६ पैसा रहेको छ । सिंगापुर डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९० रुपैयाँ ९० पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ३२ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ३७ पैसा पुगेको कायम भएको छ ।