फिदिममा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

शंकर चापागाई (पाँचथर)। पाँचथरको फिदिममा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । मल्ल एण्ड मल्ल ब्रोकिङ कम्पनी लिमिटेडद्वारा आयोजित कार्यक्रम फिदिम स्थित अजिमा होटलको सभााहलमा आइतबार सम्पन्न भएको हो ।
सेयर बजारका विविध विषयमा नयाँ तथा पुराना लगानीकर्तालाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा पाँचथरका विभिन्न स्थानका नयाँ तथा पुराना लगानीकर्ता गरी १ सय २० जनाको सहभागिता रहेको फिदिम शाखाका कर्मचारी सलिना भण्डारीले जानकारी दिए ।
कार्यक्रममा सेयर बजारमा प्रवेश गर्नेदेखि लिएर बजारका विविध विषयमा जानकारी गराइएको थियो । सोही अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले कार्यक्रमले लगानीकर्तामा सेयर सम्बन्धि ज्ञान अभिवृद्धि गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
फिदिममा पहिलोपटक यस्तो कार्यक्रम आयोजना भएको भन्दै मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनिलाई उनले धन्यवाद दिए। साथै यस्ता कार्यक्रम आगामी दिनमा समेत आयोजना गरिनु पर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, उद्योग वाणिज्य महासंघ पाँचथरका अध्यक्ष नवराज घिमिरे, पाँचथर उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष दिपक नेपाल, पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरीराज बाँस्कोटा, पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी प्रसाद ढुंगाना लगायत जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्र्यक्रम फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यता तथा मल्ल एण्ड मल्ल ब्रोकिङ कम्पनीका डाइरेक्टर निकुञ्ज मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया