NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

थप ४० जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार १० जनाको नमुना परीक्षण गरिएकोमा ४० जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १९ जना संक्रमित निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार ५३५ पुगेको छ भने १ लाख ४४ हजार ६६६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

No photo description available.