केन्द्रीय समितिको एजेण्डाबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीभित्र देखिएको समस्याबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।
मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयीक राजनीति, स्थानीय तह निर्वाचको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकलौटी गरेको, सरकार सञ्चालनमा माओवादीको प्रभाव थेक्न नसकेकोलगायत आरोप लगाउँदै शेखर समूहले छुट्टै भेला आयोजना गरेपछि देउवामाथि दबाब बढेको छ ।
त्यस्तै महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माको गतिविधि मुलुकमा गम्भीर आर्थिक संकट उत्पन्न हुने खालको रहेको भन्दै उनकाे राजीनामा मागेका छन् ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया